पोखरास्थित कृषि विकास बैंक बगर शाखाले आफ्ना ग्राहकहरुको सुविधाका लागि आजदेखि लकर सेवा शुभारम्भ गरेको छ ।
कृषि विकास बैंक संचालक समितिका सदस्य हरि प्रसाद पराजुली बैंकको बगर शाखामा लकर सुबिधाको शुभारम्भ गरे। सो अवसरमा कृषि विकास बैंक संचालक समितिका सदस्य पराजुलीले यस बैंकले कृषिमा मात्र नभइ सम्पूर्ण व्यापार–व्यवसाय क्षेत्रमा पनि लगानी गर्नुका साथै बैङ्किङ्ग सुबिधा दिएको जिकिर गर्दै बगर शाखामा यस बैंकले लकर सेवा शुभारम्भ गरेर आफ्नो ग्राहक महानुभावहरुको महत्वपूर्ण सामाग्री र गरगहनाको सुरक्षा गरेको बताए ।
त्यसै अवसरमा कृषि बिकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघूनाथ न्यौपानेले पनि बैंक र लकर सुविधाको बारेमा जानकारी गराएका छन् ।
कृषि विकास बैंक बगर शाखाका प्रबन्धक मोतिप्रसाद पौडेलले बैंकले सम्पूर्ण मापदण्ड पूरा गरि लकर सेवा संचालनमा ल्याएको र यसको गुणस्तरलाई समेत कायम गर्ने दाबी गरे ।
बैंकका कर्मचारी संगिता पहारीका अनुसार, बैंकमा भएको एकसय ७५ वटा लकर मध्ये १५ वटा लकर प्रयोगमा आएका छन् । पहारीले अहिले बैंकमा ३ वटा साइजको लकर सेवा उपलब्ध भएको र ग्राहकहरुलाई उक्त लकर ढुक्क भएर प्रयोग गर्न समेत आग्रह गरिन ।
सोही कार्यक्रममा बैंकका कर्मचारीको तर्फबाट विश्व बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम संचालन लक्ष्मण पाठकले गरेका थिए ।
वि.सं.२०२४ सालमा स्थापना भइ बैंकिङ क्षेत्रमा ‘क’ वर्गको बैंकमा स्थापति हुन सफल यस बैंकले बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु आफ्नो ग्राहकमहानुभावहरुलाई दिंदै आएको जनाएको छ ।