पछिल्लो २४ घण्टामा चार हजार तीनसय ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये दुईहजार पाँच सय ४० राजधानी काठमाडौंका छन् ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार छसय १७ पुगेको छ । उनीहरुमध्ये पाँचसय ९० जनाको मृत्यु भएको छ भने ७१ हजार तीनसय ४३ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजा छसय ८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११ हजार सातसय १७ र होम आइसोलेसनमा १४ हजार नौसय ६७ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रुेस ब्रिफिङमा दिएको जानकारी अनुसार, कुल संक्रमितको संख्या ९८ हजार छसय १७ पुगेको छ । उनीहरुमध्ये पाँच सय ९० जनाको मृत्यु भएको छ भने ७१ हजार तीनसय ४३ जना संक्रमणमुक्त भएका छन् ।