कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित परीक्षा अब सञ्चालन

कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित परीक्षा अब सञ्चालन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ असोज २०७७
  • 2.7K
    Shares

सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।सरकार प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ।कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो।

प्रतिक्रिया