भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई दिने घोषणा

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई दिने घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असोज २०७७
  • 4.3K
    Shares

भौतिक शास्त्रको नोबेल पुरस्कार बिजेताहरु बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेज

भौतिक शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार  बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

ब्ल्याकहोल र सापेक्षवादको सिद्धान्तको अन्तर्सम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक रोजर पेनरोजलाई आधा र ग्यालेक्सीबारे अध्ययन गरेका गेन्जेल र घेजलाई बाँकी आधा गरी संयुक्तरुपमा तीन जनालाई यो पुरस्कार प्रदान गरिएको हो ।

प्रतिक्रिया