६० वर्षिया ढकालको हत्या गरी झुण्डाएर भाग्ने गौतम सात घन्टामै पक्राउ

६० वर्षिया ढकालको हत्या गरी झुण्डाएर भाग्ने गौतम सात घन्टामै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असोज २०७७
  • 4.2K
    Shares

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ कुम्लेखोलाकी ६० वर्षिया तेजकुमारी ढकालको हत्या गरेर झुण्डाएर भागेका एक व्यक्ति सात घण्टा पछि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ गरेका अभियुक्त गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका वडा नं. १ बसेनी निवासी ४६ वर्षका शिव गौतम रहेका छन्।  उनलाई व्यास नगरपालिका वडा नम्बर २ स्थित सहिदगेटबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त गौतमले तेजकुमारी ढकालको हत्या गरेर झुण्डाएर भागेका थिए।  शुक्रबार विहान घरभित्रै झुण्डिएको अवस्थामा भेटिएकी ढकालको मृत्यु हेर्दा आत्महत्या जस्तो देखिएको थियो। तर मृतक ढकालको घाँटीमा सलको पासो र हातसहित खुट्टा पनि बाँधिएको भेटिएपछि प्रहरीले हत्या भएको भन्दै अनुसन्धान अगाडी बढाएको थियो । मृतकको शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट समेत भेटिएको थियो ।

बृद्धा ढकालको हत्या भएको हुन् सक्ने आशंका गरी अनुसन्धान शुरु गरेको प्रहरीले गौतमलाई हुलिया बदलेर बसेका बेला दमौलीबाट पक्राउ गरेको बताइएको छ।

गौतमले बृद्धा ढकालको किन हत्या गरे भन्ने बारेमा प्रहरीले बिस्तृत जानकारी दिएको छैन।  तर त्यस सम्बन्धमा आबश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार