बैज्ञानिक समाजबाद ल्याई छाड्न टाउकोमा कफन बाँधेर अघि बढ्न कार्यकर्तालाई आव्हान

बैज्ञानिक समाजबाद ल्याई छाड्न टाउकोमा कफन बाँधेर अघि बढ्न कार्यकर्तालाई आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असोज २०७७
  • 7.2K
    Shares

जनगणतान्त्रिक सम्पर्क मञ्च

बिद्रोही ने.क.पा. को जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रिय  अध्यक्ष कमानसिंहले मुलुकमा बैज्ञानिक समाजबाद ल्याई छाड्न टाउकोमा कफन बाँधेर अघि बढ्न कार्यकर्तालाई आव्हान गरेका छन्।

ने.क.पा. को धादिङ – काठमाण्डौं जिल्ला कमिटिको सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष कमानसिंहले देश संकटको अबस्थाबाट गुज्रिरहेको अबस्थामा देश र जनताको सेवामा अहोरात्र खटिन उपस्थित कार्यकर्तालाई निर्देशन दिंदै सम्पूर्ण कार्यकर्तालाई एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन निर्देशन दिए।

सो सम्मेलनले प्रतीकको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।  नव गठित उक्त समितिमा उपाध्यक्ष हरमेस गुरुङ, सचिव असिम गुरुङ, सह-सचिव-वादल गुरुङ र कोषाध्यक्ष- क्षितिज गुरुङ रहेका छन्।  त्यस समितिमा आकाश गुरुङ, रक्षा गुरुङ, दर्शन लोप्साङ, विनोद वानिया, सुनिता श्रेष्ठ, रोशन गुरुङ, सत्य गुरुङ, मिसन श्रेष्ठ, रचना थाप र अग्नि अधिकारी सदस्य रहेका छन् ।

धादिङ – काठमाण्डौ मञ्चका अध्यक्ष प्रतिकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्का अतिथि सम्पर्क मञ्चका केन्द्रिय सदस्य खेम प्रधान समेत रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार