खुदीखोलामा आएको बाधीकाकारण जोखिममा परेको पुल मर्मत कार्य शुरु भएको छ। लगातार वर्षा पछी आएको भिषण बाढीका कारण कास्कीको पोखरा महानगरपालिका अन्तर्गत वडा नम्बर ३० र ३२ जोड्ने खुदी खोला माथिको पक्की पुल जोखिममा परेको थियो। भाद्र ३० गते परेको अबिरल वर्षाका कारण पुलको बायाँपट्टीको बाल समेत बगाएको छ ।
जिल्ला प्रशाशन कार्यालय कास्कीमा बसेको बैठकको निर्णय अनुसार, पुल मर्मतका लागि नेपाली सेना र सशस्त्र प्रहरी खटिएको छ भने पोखरा महानगरपालिकाले एकसय घन मिटर ढुङ्गा , एस्काभेटर र स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ । यस बाहेक आवश्यक पर्ने अन्य सामाग्री भने रुपा गाउँपालिकाले उपलब्ध गराउने छ ।
यसै गरी सिचाई डिभिजन कास्की , पुर्वधार बिकास कार्यालय कास्की ,सडक डिभिजन कार्यालय कास्की , रुपाताल एकिक्रित बिकास योजनाले प्राबिधिक र आवश्यक सामग्रीहरु उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।
यसमा भगवती दल व्यारेकका नेपाली सेनाबाट र शसस्त्र प्रहरी बल २४ न गण कालिकाबाट १०० / १०० जना जनशक्ति र कास्की प्रहरीबाट ४० जना प्रहरी जनशक्ति खटिएर पुर्ण निर्माणमा खटिएका छन ।
भिडियो : आश क्रोम्जे तमु
