पोखरामा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन : सहज तरीकाले ब्यापार, ब्यबसाय संचालन गर्ने वातावरण बनाउन सरकारसंग माग (तस्बिरसहित)

पोखरामा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन : सहज तरीकाले ब्यापार, ब्यबसाय संचालन गर्ने वातावरण बनाउन सरकारसंग माग (तस्बिरसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असोज २०७७
  • 4.2K
    Shares

कोरोना भाइरस संक्रमण फैलिन नदिन लगाइएको लक डाउन पूर्ण रुपमा हटाएर व्यापार व्यवसाय सञ्चालन गर्ने पवातावरण सृजना गरिदिन माग गर्दै आज पोखरामा प्रदर्शन गरिएको छ । पोखराका उद्योगी व्यवसायीहरुको एक समहूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

सरकारविरुद्ध प्रदर्शनमा उत्रिने व्यापार-व्यवसायीहरुमा पोखरा उद्योग वाणिज्य संघ, पृथ्वी राजमार्ग बस सञ्चालन प्रा।लि., नाई संघ कास्की, सौन्दर्यकर्मी महासंघ, पेट्रोलियम डिलर्स एशोसिएसन, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन पोखरा लगायत रहेका छन् ।

मौन प्रदर्शन गरेका प्रदर्शनकारीहरुले लक डाउन पूर्ण रुपमा हटाउन, पीडित व्यवसायीहरुलाई राहतका कार्यक्रम ल्याउन र सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरिएका प्लेकार्डहरु बोकेका थिए ।

तस्विर : आश तमु

DSC_8815

प्रतिक्रिया