सहकारीको पांच करोड ६७ लाख रुपैयाँ ठगी गरेर भागेका प्रबन्धक पक्राउ

सहकारीको पांच करोड ६७ लाख रुपैयाँ ठगी गरेर भागेका प्रबन्धक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०७७
  • 6.9K
    Shares

राजकाजी खड्गी

आफु कार्यरत सहकारीको पांच करोड ६७ लाख रुपैयाँ ठगी गरेर भागेका काठमाडौं महानगरपालिका–२१ न्युरोड स्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तात्कालिन प्रबन्धक राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ निवासी ४४ वर्षीय खड्गीलाई मंगलबार प्रहरीले ललितपुर महानगरपालिका–२३ धापा खेलबाट पक्राउ गरेको हो ।

सात वर्षसम्म प्रबन्धक भै काम गरेका खड्गीले आफु कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेको प्रहरीले जानकारी दिएको छ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया