पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०७७
  • 6K
    Shares

हातमा क्यामेरा र प्रेस लेखेको ज्याकेट लगाएर ढुंगा हान्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालय अपराध महाशाखाको टोलीले महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जनलाई पक्राउ गरेको हो।  उनलाई प्रहरीले आज इमाडोलबाट पक्राउ गरेको हो ।

उनले बिहीबार ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हानेको भिडियो भाइरल भएको थियो।

उनले हातमा क्यामेरा र प्रेस लेखेको ज्याकेट लगाएको भए पनि उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार