पहिरोले एक्साभेटर पुरिदा चालक घाइते

पहिरोले एक्साभेटर पुरिदा चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ भाद्र २०७७
  • 4.7K
    Shares

पोखरा महानगरपालिका–१९ लामाचौरदेखी माछापुच्छ«े गाउँपालिकाको सार्दिखोला जोड्ने अवरुद्ध सडक खुलाउने क्रममा पहिराले एक्साभेटर पुरिदा चालक घाइते भएका छन् ।

पोखरा–१९ बेशीचोकमा गत असार २६ गते रातिको पहिराले सडक बगाउदा अवरुद्ध सडक खुलाउने क्रममा माथिबाट आएको पहिराले आज विहान एक्साभेटर चालक बलराम ढुँगाना घाइते भएका हुन्  ।

स्थानीयवासीले चालकलाई पहिराबाट निकालेर अस्पताल पु¥याएकामा उनको अवस्था खतरामुक्त रहेको स्थानीय इमानराज पौडेलले जानकारी दिए ।

महानगरभित्रै सडक लामो समय अवरुद्ध भएकामा प्रदेश सरकार अन्तर्गतकोे पूर्वाधार विकास कार्यालय र वडा कार्यालयको समन्वयमा बाटो खुलाउने काम भइरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार