काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको एम्बुलेन्स आज बिहान करिब सवा ४ बजे स्याङ्जनाको वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ३५ वर्षीय भानुभक्त गैह्रे र २२ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जनाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो । मृतक चापाकोट–९ का स्थानीयय हुन् ।
दुर्घटनामा परेर ३१ वर्षीया गर्भवती पवित्रा गैह्रे र चालक २५ वर्षीय सुरेन्द्र भण्डारी घाईते भएका छन् । एम्बुलेन्स सडकबाट करिब ३ सय मिटर तल खोँचमा खसेको प्रहरीले जानकारी दिएको छ ।