हनुमान मन्दिरका पुजारी हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गर्ने राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका १२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा आयोजित प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरिले विद्यार्थी अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, बिजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश माेर, निराजन सहित १२ विद्यार्थी नेता कार्यकर्ताहरू पक्राउ गैएको छ।
प्रदर्शनका क्रममा बिद्यार्थीहरुले घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाएका थिए ।