कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ चढ्ने ग १ झ ३०४ नं. को महेन्द्रा जीप तोडफोड गरेको आरोपमा स्थानीय एक युवालाई प्रहरील पक्राउ गरेको छ।
पक्राउ पर्ने युवा मादी गाउँपालिका वडा नम्बर २ ताङतिङका १९ वर्षिय साजन गुरुङ रहेका छन्। उनलाई वडा प्रहरी कार्यालय रामबजार पोखरामा राखिएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय बासिन्दा समेत रहेका गाउँपालिका अध्यक्ष गुरुङ मंगलबार वडाको मिटिङका लागि वडा नं. २ ताङतिङ गएको बेला घरमा गाडी राख्न नमिल्ने भएपछि बाटोमा नै राखेका थिए। बाटोमा नै राखिएको सोही गाडी मादक पदार्थ सेवन गरेर मातेका युवा साजन गुरुङले तोडफोड गरेको प्राप्त समाचारमा जनाइएको छ। तोडफोडबाट गाडीमा सामन्य क्षति भएको प्राप्त समाचारमा उल्लेख छ।