कास्की जिल्लाको मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम\ चढ्ने ग१झ ३०४ नम्बरकोगाडी गएराती तोडफोड भएको छ। गाडीको अगाडिको लुकिङ ग्लास र पडाडि पट्टिको भागमा रहेको सीसा फुटेको बताइएको छ।
तोडफोड हुनुको कारण भने खुलेको छैन । यद्यपि अध्यक्ष गुरुङले भने केही उच्छृङ्खल युवाको समूहले तोडफोड गरेको हुन सक्ने आशंका गरेका छन्।

अध्यक्ष गुरुङका अनुसार, मादी गाउँपालिका वडा नम्बर २ स्थित ताङतिङ गाउँका स्थानीय बासिन्दा समेत रहेका अध्यक्ष गुरुङ मंगलबार वडाको मिटिङका लागि ताङतिङ पुगेका थिए । घर गाडी राख्न नमिल्ने भएपछि अध्यक्ष गुरुङले सडकमै गाडी राखेको अवस्थामा राती अपरिचित मानिसहरुले तोडफोड गरेको बताइएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।