भारतको पञ्जाब पञ्जाव नेशनल बैंक)मा १३ हजार पांच सय डलर अवैध कारोबार गरी रकम हिनामिना गरेको आरोप लागेकी अमेरिकन नागरिक अमी मोदीबिरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। भारतको प्रवर्तन निर्देशनालय (ईडी)को अनुरोधमा इन्टरपोलले अमी मोदीबिरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो।
अमी मोदीका श्रीमान् नीरव मोदी सोही आरोपमा सन् २०१९ मार्चमा पक्राउ परेर बेलायतको जेलमा बन्दी जीवन बिताइरहेका छन्।
यसैबीच भारतको कर्पोरेट मामिला मन्त्रालयले नीरव मोदीबाट ३.२५ मिलियन डलर (करिब २४.३३ करोड भारतीय रुपैयाँ) को सम्पत्ति कब्जा गर्न सफल भएको छ । इडीका अनुसार अमीले सो अवैध पैसाले अमेरिकाको न्युयोर्कस्थित सेन्ट्रल पार्कमा २ वटा अपार्टमेन्ट खरिद गरेकी छिन् ।
बैंक घोटाला गर्ने र हिरा कारोबारीका रुपमा चिनिनेनिरब मोदीबिरुद्ध यो वर्षको सुरुमै मुम्बई अदालतले उनलाई एक भगौडे आर्थिक अपराधी घोषणा गर्दै सम्पत्ति जफत गर्न आदेश दिएको थियो । ईडीले उनीबाट तीनसय २९ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति कब्जा गरिसकेको छ । पञ्जाव नेशनल बैंकको करिब १३ हजार करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप उनलाई लागेको छ ।
अघिल्लो वर्ष सेप्टेम्बरमा नीरव मोदीका कान्छा भाई नेहल मोदी र बहिनी पूर्वी मोदीके विरुद्धमा पनि इन्टरपोलले नोटिस जारी गरेको थियो ।