नेपालमा कोरोना संक्रमित ३२ हजार छसय ७८ पुगे, आज सातसय ४३ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमित ३२ हजार छसय ७८ पुगे, आज सातसय ४३ संक्रमित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ भाद्र २०७७
  • 3.5K
    Shares

नेपालमा आज २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा आजसम्म संक्रमितको संख्या ३२ हजार छ सय ७८ पुगेको छ भने ती मध्ये बिगत २४ घण्टा भित्र सातसय ४३ नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, देशभरका ३९ वटा ल्याबमा भएको १० हजार दुई सय ३४ परीक्षणमा सातसय ४३ नयाँ संक्रमित थपिएका हुन् । आईसीयुमा जम्मा एक सय ३८ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा १५ जना रहेका छन् । उनीहरु सबै बागमति प्रदेशका रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १३ हजार सात सय १५ रहेका छन् । त्यस मध्य नौ हजार ९ हजार एक सय ५४ जना रहेका छन् । बाकीँ चार हजार चार सय ६१ संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

क्वारेन्टाईनमा ११ हजार दुई सय ७५ रहेका छन् । यस्तै कोरोना मुक्त भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार आठ सय छ रहेका छन् । पछिल्लो २४ घण्टामा एक सय ७५ जना रहेका छन् ।

प्रतिक्रिया