पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अपतालको इमर्जेन्सी विभागमा कार्यरत १ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार उनी ३९ वर्षीय पुरुष हुन् । केहीदिन देखि होटल क्वारेन्टिनमै बस्दै आएका उनमा कोरोना पुष्टि भएसँगै अस्पतालको आइसोलेसनमा राखिएको छ ।
यसै गरी सोमबार गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुर बिनायत्रिबेणी-१ मा दुइजना जसमा ६ वर्षीय बालिका २८ वर्षीय पुरुष रहेका छन । यसै गरी तनहुँ ब्यास ५ का २६ वर्षीय पुरुष तथा शुक्लागण्डकी – ४ का २८ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका २ का २० र २२ वर्षका २ पुरुष, म्याग्दीको बेनीका २० वर्षीय पुरुष र स्याङजा पुतलीबजारका एक ३७ वर्षीय पुरुषमा समेत कोरोना देखिएको हो ।
निर्देशनालयका आनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा नेपाल आर्मीमा कार्यरत तनहु व्यास नगरपालिका – ५ का २६ वर्षीय पुरुष र स्याङजा पुतलीबजार नगरपालिकाका ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी नेपाल प्रहरीमा कार्यरत म्याग्दी बेनी नगरपालिका – १ का २० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालायले जानकारी दिएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८८ पुगेको छ भने निको हुनेको संख्या १६१२ पुगेको छ ।