कोरोना भाईरसको संक्रमण फैलन नदिन रौतहटमा निषेधाज्ञा जारी भएको अबस्थामा रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको छ ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए । ‘हत्या गर्ने समूहको खोजी भइरहेको छ,’ उनले भने, ‘पुजारीको हत्या गर्नुपर्ने कारण खुलेको छैन ।’
गत आईतबार मात्रै गरुडा नगरपालिका –८ जिंगडिया निबासी १७ बर्षिय निरञ्जन राम चमारको हत्या भएको थियो । चार दिनको अन्तरमा मात्रै ईलाका प्रहरी कार्यालय गरुडाको क्षेत्र भित्र दुई जनाको हत्या भएको छ ।