स्याङ्गजाबाट पोखरा फर्किएका १६ जना प्रहरीमा कोरोना संक्ररण पुष्टि

स्याङ्गजाबाट पोखरा फर्किएका १६ जना प्रहरीमा कोरोना संक्ररण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ भाद्र २०७७
  • 4.2K
    Shares

कोरोना संक्रमणककारण जिल्ला प्रहरी कार्यालय स्याङ्गजा सिल भएपछी त्यहाँ ड्युटी गर्न पुगेका १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।  त्यतिबेला त्यहाँ ड्युटी गर्न पटक पटक गरेर पुगेका २५ जना प्रहरीमध्ये १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो

पांच दिन अघि पोखरा फर्किएका सबैलाई पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो र स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पथाइएको थियो।

आज आएको प्रयोगशाला परीक्षण प्रतिबेदनमा २५ मध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

निर्देशनालयले सार्वजनिक गरेको बिज्ञप्ति अनुसार, बुधबार साँझ नै बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या एकहजार आठसय  १२ पुगेको छ । तीमध्ये एकहजार पांच सय ६९ संक्रमित निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया