राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने गायक ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरेको छ। ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मुख्य आरोपी ग्याल्जोन दोर्जे तामाङ भन्ने रोजित कुमार तितुङ मंगोलिनय ग्रुपका सदस्य हुन् । पक्राउ पर्नेमा लावाङ तामाङ, चलाकमान तामाङ उर्फ प्रयास, अनोज कुमार तितुङ उर्फ मंगोल बुद्ध, हुत्तबहादुर तामाङ उर्फ संजय, कमलबहादुर लामा, अरुणा थामीसहित ९ जना रहेका छन् ।
मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ ।

मुलुकी अपराध संहिता–०७४ अनुसार जात, जाति सम्प्रदाय वा बर्गको भावनामा आघात पर्र्याउन पाइँदैन । त्यस्तै राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा तीन बर्षसम्म कैद वा तीस हजार जरिवाना हुने कानुनी ब्यवस्था छ ।