कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
यसैबीच मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एक हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार दूइ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।