पोखरा महानगर लगायत कास्कीका बिभिन्न स्थानमा कोरोना संक्रमण समुदायमा फैलन सक्ने सम्भावना देखेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आज राती १२ बजेदेखि पांच दिनसम्म निषेधाज्ञा जारी गरेको छ।
आज बिहान जिल्ला प्रशासन कार्यालाया कास्कीमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र ब्यवस्थापन गर्न गठित उच्च स्तरीय समितिको बैठकले गरेको निर्णय बमोजिम कास्की प्रशासनले एक हप्ताकालागी लागि निषेधाज्ञा जारी गरेको हो।
जारी भएको निषेधाज्ञा अवधि भदौ ७ गते राती १२ बजेसम्म सम्पूर्ण सरकारी तथा गैर सरकारी सबै कार्यालय, उद्योगधन्दा, कलकारखाना, बजारहरु, सवारी साधनहरु सबै बन्द हुनेछन्।
पोखरा महानगरपालिकाले सोमबार महानगर क्षेत्र निषेधाज्ञा सहित लकडाउन गर्ने निर्णय सहित जिल्ला प्रशासन कार्यालय कास्कीलाई सिफारिस गरेको थियो । सोही सिफारिस पछि प्रदेशको उच्चस्तरीय समितिको बैठक सोमबार साँझ बसेको थियो । बैठकले लकडाउन वा निषेधाज्ञा नगरी भिडभाड हुने स्थान, कार्यालयहरु र सवारी साधन सबै बन्द गर्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई सिफारिश गरेको थियो।
