नेपाली सेनाका जर्नेल र कर्नेलसहित तीन जना बर्खास्त, आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठहर

नेपाली सेनाका जर्नेल र कर्नेलसहित तीन जना बर्खास्त, आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठहर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ भाद्र २०७७
  • 4.1K
    Shares

नेपाली सेना

नेपाली सेनाका सहायक रथी प्रयोग जबरालाई बर्खास्त गर्ने निर्णय समरी जनरल सैनिक अदालतले गरेको छ । जबरालाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गर्ने निर्णय भएको स्रोतको भनाई छ ।

यस्तै, सैनिक अदालतले जबरालाई १ करोड ७२ लाख रुपैयाँ जरिवाना तोकेको स्रोतले बतायो । काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा जबराले आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको जंगी अड्डाले जबरालाई गत जेठमा नियन्त्रणमा लिएको थियो । यस्तै, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई पनि दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला सैनिक अदालतले गरेको छ ।

यस्तै, सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने निर्णय भएको छ । प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणी गिरी र लेखा सुवेदार नवराज पाण्डेलाई सफाई दिने निर्णय सैनिक अदालतले गरेको छ ।

लेखा सुवेदार पाण्डे भने अवकाशमा गई सकेका छन् । सैनिक उच्च स्रोत भन्छ, ‘भ्रष्टाचारीलाई कारबाही मात्र होइन उनीहरुले अनियमितता गरी कमाएको रकम समेत फिर्ता ल्याउँछौं ।’

प्रतिक्रिया