एकाबिहानै पोखरा १६ का चार जनामा कोरोना संक्रमण भएको पुष्टि, बिरामीलाई आइसोलेशनमा लैजाने तयारी

एकाबिहानै पोखरा १६ का चार जनामा कोरोना संक्रमण भएको पुष्टि, बिरामीलाई आइसोलेशनमा लैजाने तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३२ साउन २०७७
  • 8.1K
    Shares

एकाबिहानी पोखरा महानगरपालिका वडा नम्बर १६ का चार जानमा कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आइतबार बिहान सार्वजनिक गरेको विज्ञप्तिका अनुसार, पोखरा महानागरपालिका वडा नम्बर १६ का २२ र ३० वर्ष उमेरका पुरुष तथा २२ र ५० वर्ष उमेरका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।  त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ५ की ३३ वर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।  त्यस्तै तनहुँको भानु ४ का ३०न्वर्शिय पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशनलयको बिज्ञप्तिमा उलेख छ।

कोरोना संक्रमण पुष्टि भएका सबै बिरामीलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशक बिनोद्बिन्दु शर्माले जानकारी दिएका छन्।

प्रतिक्रिया