कोरोना संक्रमणको हबका रुपमा बिकास हुँदै गैरहेको पर्सा जिल्लामा शनिबार मात्र थप एक जनाको कोरोनककारण मृयु भएको छ भने पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगन्जस्थित रहेको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगन्ज महानगरपालिका अठराहा सुगौलीका ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार बिहान करिब ७ बजे मृत्यु भएप्छि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । साउनमा मात्रै २३ जनाको मृत्यु भएको हो ।
यसैविच प्राप्त जानकारी अनुसार, वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् ।
नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार शनिबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जना सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् । एभिन्युज टिभीका १ जना पर्सा सम्वाददाता, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्षका १ जना मृगौला रोगीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।
त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेका छन् भने पर्सा जिल्लाको पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना रहेका छन् । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ बर्षका १ जना पुरुष रहेका छन् ।
त्यसैगरी बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष रहेको नारायणी अस्पतालका नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।
साउन २७ गते देखि ३१ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४७ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। उदय नारायण सिंहले जानकारी दिए ।