फेसबुकमा फेक आइडी बनाएर रकम ठगी गरेको आरोपमा हमाल पक्राउ

फेसबुकमा फेक आइडी बनाएर रकम ठगी गरेको आरोपमा हमाल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ साउन २०७७
  • 4.8K
    Shares

रोशन हमाल ठकुरी

फेसबुकमा फेक आइडी बनाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरका २१ वर्षीय रोशन हमाल ठकुरीलाई पक्राउ गरेको छ।

प्रहरीले उनलाई फेसबुकमा फेक आइडी बनाएर वीरगञ्जका एक बैंकरलाई एक लाख रुपैयाँ ठगी गरेको आरोप लगाएको छ।  ठकुरीविरुद्ध जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नदीपुरबाटै साउन २६ गते पक्राउ गरेको थियो र ठगी, विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुबाश हमालले जानकारी दिएका छन्।

ठकुरीले नजिकका आफन्त र साथीभाइलाई पनि उस्तै किसिमले ठगेको अनुमान प्रहरीको छ । उनीबाट ठगिएको भए सम्पर्क गर्न कास्की प्रहरीको अनुरोध छ ।

विद्यार्थी रहेका अभियुक्त हमाल यसभन्दा अघि पनि विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा ९ महिना थुनामा बसेका थिए भने सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पांच हजार रुपियाँ धरौटी राखी रिहा भएका थिए।

प्रतिक्रिया