पछिल्लो २४ घन्टामा कोरोनाकाकारण तीनजनाको मृत्यु, थप चारसय ६८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा कोरोनाकाकारण तीनजनाको मृत्यु, थप चारसय ६८ जनामा कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ साउन २०७७
  • 3.1K
    Shares

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका-१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनक नन्दनी गाउँपालिका-४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैबीच, नेपालमा थप चारसय ६८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा चारसय ६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा एकसय २४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार दुईसय एक रहेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट पांच लाख पांच हजार छसय ६० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार चार सय ४८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या आठ हजार ७१६ जना रहेको छ ।मन्त्रालयका अनुसार देशभरी होम आइसोलेसनमा पाँचसय २३ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार