श्रीभद्र पौडेल/
पालिकावासीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बचाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुक्रवारदेखि ‘एक व्यक्ति एक मास्क, एक घर एक सावुन र ब्रोसर’ अभियान सुरु गरेको छ।पोखरा ४ स्थित नेलम्बो नेपालको सहयोगमा गाउँपालिकाले उक्त कार्य सुरु गरेको हो।
कार्यपालिकाको शुक्रवारको बैठकमा उपस्थित कार्यपालिका सदस्यलाई टोलटोलमा पुग्ने गरी सामग्री वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले जानकारी दिए। पालिकाले स्वास्थ्यकर्मी, शिक्षक र जनप्रतिनिधीको सहयोगमा घरघरै मास्क पु¥याउने जनाएको छ।कोरोना संक्रमण बढ्दै गएपछि थप सर्तकता स्वरुप उक्त कार्य थालिएको गाउँपालिकाले जानकारी दिएको छ ।
यसअघि नेलम्बोले गाउँपालिकालाई बिहीवार नै एक कार्यक्रमका बीच कुल ३० हजार थान मास्क र १५ हजार ब्रोसर उपलब्ध गराएको थियो।
सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज कुँवर, नेलम्बोका अध्यक्ष एकदेव देवकोटा, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी लगायतले कोरोना महामारी संक्रमण र यसलाई नियन्त्रण गर्न अपनाउनुपर्ने सजगताबारी आ-आफ्नो धारणा राखेका थिए।

नेलम्बोका अध्यक्ष देवकोटा सहित कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी लगायतको टोलीले गाउपालिकालाई .तीन लाख २२ हजार बराबरका सामग्री हस्तान्तरण गरेको बताइएको छ।