खाजा खान हिडेका नामार्जुन हाईड्रोपावरका इन्जिनियर पन्त मृत भेटिए

खाजा खान हिडेका नामार्जुन हाईड्रोपावरका इन्जिनियर पन्त मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० साउन २०७७
  • 5.3K
    Shares

नामार्जुन हाईड्रोपावर

खाजा खान भनी हिडेका एक इन्जिनियार आज दिउसो कास्कीको मादी गाउँपालिका-२ स्थित क्युरोखोलामा मृत अवस्थामा भेटिएका छन्।

मादी गाउपालिकामा निर्माणाधीन नामार्जुन हाईड्रोपावरमा कार्यरत सिभिल इन्जिनियर गोरखा पालुङटार नगरपालिका निवासी अन्दाजी वर्ष ३६ का अमित पन्त क्युरोखोलाखोलामा मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार, गएराती करीब पौने ९ बजेको समयमा खाना खान भन्दै अफिस बाहिर हिडेका इन्जिनियर पन्त त्यसपछि सम्पर्कबिहीन रहेका थिए।  यसैबीच आज दिउँसो अन्दाजी १२:०० बजेको समयमा मादी गाउँपालिका-२ क्युरोखोलामा मृत अवस्थामा फेला परेको बताइएको छ।

इन्जिनियर पन्तको मृत्युको बारेमा आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले  जनाएको छ।

प्रतिक्रिया