बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाने सेवाग्राहीलाई आफ्नै कलम साथमा लैजान गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको अनुरोध

बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाने सेवाग्राहीलाई आफ्नै कलम साथमा लैजान गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०७७
  • 4.4K
    Shares

गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय

कोरोना संक्रमण समुदायमा नै फैलिएको अवस्थामा अति जोखिमपूर्ण मानिने बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाने सेवाग्राहीलाई आफ्नै कलम साथमा लैजान गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले अनुरोध गरेको छ।

कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशनालयका तर्फबाट जारी निर्देशनमा त्यस्तो अनुरोध गरिएको छ।

निर्देशनालयका तर्फबाट जारी सुझाबहरुमा सेवा लिन आउने सबै सेवाग्राहीको बिस्तृत विवरण राख्न, इन्फ्रारेड थर्मोमीटरले सेवाग्राहीको ज्वरो नाप्ने ब्यबस्था गर्न, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कर्मचारी एबम सेवाग्राही सबैले मास्क लगाउने कार्यको सुनिश्चितता गर्न एबम कम्तीमा एक मीटर भौतिक दुरी कायम गर्न भनिएको छ।

बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुले विद्युतीय हाजिर गर्ने काम हाललाई रोक्न तथा पटक पटक साबुन पानीले हात धुने ब्यबस्था गर्न , कोरोना संक्रमणको जोखिम रहेका झ्यालढोका, टेबुल कुर्ची, पैसा गन्ने मेशीन आदि दिनमा कम्तीमा तीन पटक स्यानिटाइज गर्न पनि स्वास्थ्य सेवा निर्देशनालयले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरेको छ।

यसैबीच जिल्ला सहकारी संघ लि. कास्कीले पोखरामा सञ्चालित सहकारी संस्थाहरुलाई घरदैलो सेवा बन्द गर्न आग्रह गरेको छ । संघका अध्यक्ष रवीरमण तिवारीले आज एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै घरदैलो सेवा बन्द गरेर अन्य सेवामात्र सुचारु गर्न आग्रह गरेका हुन ।

उनले सबै कर्मचारी र सदस्यको कोरोना बीमा गर्न र भीडभाड हुने खालका कुनै पनि गतिविधि सञ्चालन नगर्न समेत आग्रह गरेका छन ।

प्रतिक्रिया