कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ भने थप पांच सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मुटुको बिरामी रहेका अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
यसैबीच पछिल्लो २४ घन्टामा थप पाँचसय २५ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार आठसय ३७ जना निको भएका छन् ।