चर्चित १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

चर्चित १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०७७
  • 3.8K
    Shares

इल्ताफ हुसेन अन्सारी

पछिल्लो चर्चित १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले   बाराबाट पक्राउ गरेको छ।

बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी आफूलाई पेम्ट्रोल पम्प सञ्चालकका रुपमा चिनाउँछन् ।

अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो ।

काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो ।

२०६८ साल असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी ठानिएका अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध रहेको बताइएको छ ।

युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए । प्रारम्भमा युनुसकै समूहमा भए पनि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार