एकैदिन कोरोना संक्रमणकाकारण ११ जनाको मृत्यु, सर्बोच्च अदालतका दुई न्यायाधिश सेल्फ आइशोलेशनमा

एकैदिन कोरोना संक्रमणकाकारण ११ जनाको मृत्यु, सर्बोच्च अदालतका दुई न्यायाधिश सेल्फ आइशोलेशनमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०७७
  • 3.6K
    Shares

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ भने चार सय ८४ जना संक्रमण थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार चारसय ३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार सात सय २८ जना निको भएका छन् ।

देशभरी नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँल ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । न्यायाधीशद्वय खतिवडा र फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका छन् ।

न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएपछि उनीहरू ‘सेल्फ आइसोलेसन’ मा बसेका हुन् ।

संक्रमितको सम्पर्कमा आए पनि आफूलाई कुनै समस्या नभएको र स्वास्थ्य मन्त्रालयको अधिकारीहरूसँग परामर्शमा रहेको न्यायाधीश खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

अर्का न्यायाधीश फुयाँलले भने न्यायाधीश खतिवडासँग सँगै बेन्चमा बसेकाले आफू पनि ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका छन् ।

यसैबीच प्राप्त जानकारी अनुसार, गएको सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९२ जना पुगेको छ । यसअघि काठमाण्डौको किस्ट अस्पतालमा उपचारको क्रममा काठमाण्डाैकाे टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा जनकपुरकै ७२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका १४ काे धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका २ काे तौलिहवाका ४२ वर्षीय पुरुष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङकाे बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी–८ घर भइ राजविराज ६ मा बस्ने ७२ वर्षीय पुरुषको आइसोलेशनमा लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको छ ।

प्रतिक्रिया