अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो।
केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।
स्रोतका अनुसार अन्य एक आयुक्त समेत संक्रमित भएका छन् ।
संक्रमित प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बसेको बताइएको छ । अख्तियारले यस बारेमा औपचारिक जानकारी भने दिएको छैन ।