भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ साउन २०७७
  • 4K
    Shares

प्रणव मुखर्जी

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका उनले एक ट्वीट गर्दै सोमबार आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । उनले पछिल्लो एक सातायता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई सेल्फ आइसोलेशनमा बस्न र कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेका छन् ।

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । आइतबार मात्र ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ ।

विश्वका अति संक्रमित मुलुहरुमध्ये भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । तर, पछिल्ला चार दिनमा भारतमा संक्रमणको विस्तार अमेरिका र ब्राजिलको भन्दा पनि बढी देखिएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४४ हजार ३८६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया