कोभिड–१९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराईरहेका पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय ती पुरुषको मृत्युपछि यो पटक भने अवरोधबिना शव व्यवस्थापन गरिएको छ ।
आइतबार दिउँसो साढे १२ बजेतिर बिना अवरोध मृतकको शव व्यवस्थापन सकिएको प्रहरीले बताएको छ ।
आइतबार बिहान सरोकारवालाको बैठक बसेर पोखरा महानगरपालिका–३२ मजुवा घाटमा शव व्यवस्थापनको निर्णय गरेको थियो । त्यही निर्णय अनुसार सेना, सशस्त्र र प्रहरीको टिमले शव व्यवस्थापन गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।