शुक्रबार पोखरा महानगरका १० सहित गण्डकीमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार पोखरा महानगर वडा नम्बर २, ८ ,१९ ,१५ र ३२ का ४ महिला र ६ पुरुषसहित गण्डकी प्रदेशका ३ जिल्लामा थप १४ कोरोना भाइरस संक्रमित देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नम्बर १९ का ३ पुरुष र ३ महिला, वडा नम्बर १५ की एक महिला तथा वडा नम्बर ३२ का १ पुरुष , वडा नम्बर २ र ८ का २ पुरुष ,नवलपुर र स्याङ्जाका १-१ पुरुष सहित गरी १४ जनामा कोरोना देखिएको हो ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ ।