१४ वर्षकी आफ्नै छोरी वलात्कार गरेको आरोपमा पोखराबाट बाबु पक्राउ

१४ वर्षकी आफ्नै छोरी वलात्कार गरेको आरोपमा पोखराबाट बाबु पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ साउन २०७७
  • 4.2K
    Shares

जिल्ला प्रहरी कार्यालय कास्की

१४ वर्षकी आफ्नै छोरी वलात्कार गरेको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिकाको लेखनाथबाट एक जनालाई पक्राउ गरेको छ।  दुई दिन अघि पक्राउ गरेका उनलाई हाडनाता करणी सम्बन्धि मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।

आफ्नै छोरी वलात्कार गर्ने श्रीमानका बिरुद्ध पिडित बालिकाकी आमाले उजुरी दिएको बताइएको छ भने पिडित बालिकाले बाबुबाट आफु बलात्कृत भएको प्रहरीसमक्ष बताएकी छिन।  पिडित बालिकाको गोपनियताको हकलाई ध्यानमा राखेर कास्की प्रहरीले पिडित बालिका र पीडक बाबुको पहिचान खुलाएको छैन।

प्रतिक्रिया