संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना पोजेटिभ

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना पोजेटिभ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ साउन २०७७
  • 5.7K
    Shares

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ।

संसद सचिवालयका अनुसार लेखा समितिका सचिवसमेत रहेका पाण्डे अर्का संक्रमित सांसद प्रदीप यादवसँगै वनको अनुगमनका लागि गएका थिए।

यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए।

‘टोलीमा रहेका अन्य सांसदहरुको पनि परीक्षण भएको थियो’, सचिवालयका एक अधिकारीले भने, ‘प्रवक्ता पाण्डेको मात्र कोरोना पोजेटिभ देखिएको हो।’

प्रतिक्रिया
सम्बन्धित समाचार