अमेरिका लैजाने प्रलोभन देखाएर नेपालीलाई ठगी गर्ने अमेरिकी सेनाका भूतपूर्व सैनिक ड्यानियल पक्राउ

अमेरिका लैजाने प्रलोभन देखाएर नेपालीलाई ठगी गर्ने अमेरिकी सेनाका भूतपूर्व सैनिक ड्यानियल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० साउन २०७७
  • 3.2K
    Shares

ड्यानियल लि

अमेरिका लैजाने’ प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले अमेरिकी सेनाका भूपू सैनिक ड्यानियल लि काठमाडौंमा पक्राउ परेका छन् ।

अमेरिकन सेनामा बिस बर्ष जागिर खाएर अवकास पाएका ६५ वर्ष उमेरका ड्यानियल लिले बिजनेश भिषामा दुई युवालाई अमेरिका लैजाने प्रलोभन देखाएर ठगी गर्न लागिरहेको अवस्थामा पक्राउ गरेको हो।  उनीहरुले जनही पाँच-पाँच लाख रुपियाँ रकम बुझाउने तयारी गरिरहेको अवस्थामा काठमाण्डौको क्षेत्रपाटीबाट पक्राउ गरेको हो।

त्यसो त उनले काठमाण्डौको कोटेश्वरमा ‘एटलस सेक्यूरिटी प्रालि’का संचालक भक्तपुरका टुकनारायण श्रेष्ठलाई अमेरिका लगेर पार्टनरशीपमा ‘सेक्युरीटी कम्पनी’ खोल्ने र नेपालबाट त्यस कम्पनीका लागि आवस्यक पर्ने जनशक्ति नेपालबाट लैजाने प्रलोभन देखाएर १० लाख रुपियाँ ठगी गरिसकेका थिए र त्य्ससको उजुरी प्रहरीमा परिसकेको थियो।

प्रहरीका अनुसार, चारबर्ष यता पर्यटक भिसामा नेपाल आउने जाने गरिरहेका ड्यानियलले एटलस सेक्यूरिटी प्रालिका संचालक श्रेष्ठलाई आफु भुपु आर्मी भएकाले अमेरिकामा ‘सेक्युरीटी कम्पनी’ खोलेर पार्टनर बनाउने प्रस्ताव गरे । सो कम्पनीमा नेपाली सुरक्षागार्ड लैजाने पनि प्रस्ताब गरे।

एक वर्षअघि चिनेका अमेरिकनले उनीसँग १० लाख मागे । कम्पनिको पार्टनर बन्ने लोभमा उनले पैसा दिए । तर, पैसा लिएपछि उनि सम्पर्क विहिन भए । ठगिएको शंका लागेपछि उनि प्रहरी कहाँ पुगे । अपराध महाशाखाले उनकै उजूरीको आधारमा ड्यानियलबारे अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले श्रेष्ठलाई ठगी गरेको मुद्दा बाए पनि आबश्यक कारबाही चलाउने बताएको छ।

प्रतिक्रिया