घान्द्रुकमा बोलेरो जीप दुर्घटनाग्रस्त, जीप चालकको घटनास्थलमै मृत्यु

घान्द्रुकमा बोलेरो जीप दुर्घटनाग्रस्त, जीप चालकको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ साउन २०७७
  • 3K
    Shares

घान्द्रुकमा दुर्घटनाग्रस्त जीप

कास्कीको नयाँपुलबाट आलु बोकेर  घान्द्रुक गएको बोलेरो जीप दुर्घटनाग्रस्त हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको छ।

नयाँपुलबाट घान्द्रुक गएको ग२च २८१७ नम्बरको सेतो बलेरो जिप आज दिउसो १ः३० बजे अन्नपूर्ण गाउँपालिका वडा नं. १० क्लिउ भन्ने स्थानमा जिप दुर्घटना हुँदा जीप चालक सुरेश शेरचनको घटनास्थलमै मृत्यु भएको हो ।

उनको शवलाई पोष्मार्टमका लागि पोखरा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

आलु खसालेर जीप फर्काउनेक्रममा जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार