मकैबारीमा जंगली बँदेल मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर दाङमा दुई दाजुभाइको मृत्यु भएको छ । विद्युतीय धरापमा परेर घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनको १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दाङ प्रहरीका प्रबक्ता सुमित खड्काका अनुसार, बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि मकै बारीमा विद्युत् धराप राखिएको र ‘धरापमा बँदेल परेको छ कि ?” भनेर बिहान जांच गर्न जाँदा भाइलाई करेन्ट लागेपछि छुटाउन खोज्दा दुवैलाई करेन्ट लागेको थियो । छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका उनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।