हङकङमा रहेका नेपालीहरुद्वारा गण्डकी प्रदेश सरकारलाई १३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्ताणतरण

हङकङमा रहेका नेपालीहरुद्वारा गण्डकी प्रदेश सरकारलाई १३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्ताणतरण


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ साउन २०७७
  • 3.8K
    Shares

हङकङमा रहेका नेपालीहरुले प्रदेश सरकारलाई १३ लाख ५ हजार रुपैयाँको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।कोभिड–१९ गण्डकी प्रदेश सहयोग समिति हङकङले प्रदेश सरकारलाई उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

मुख्यमन्त्री कार्यालयमा भएको एक कार्यक्रम बीच विरोधविक्रम गुरुङ, शशिकुमार गुरुङ, चन्द्र गुरुङ, शंकर गुरुङ र अमृत गुरुङले उक्त सहयोग सामग्री आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरे । पिपिई १ सय ५० थान, इन्फारेड थर्माेमिटर २ सय ५० थान, एन ९५ मास्क ६ हजार थान र प्लाष्टिक ग्लोब्स ५ हजार थान हङकङेलीले उपलब्ध गराएका हुन् ।

हङकङ बस्ने १ सय ९ जना नेपालीबाट संकलित ८४ हजार ९ सय हङकङ डलरबाट ती सामग्री उपलब्ध गराएको विरोधविक्रम गुरुङले जनाए ।

हङकङ प्रतिनिधि शशिकुमार गुरुङले कोरोनाको प्रभाव न्यूनीकरण गर्न गण्डकी प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री गुरुङले प्राप्त सहयोगको सदुपयोग हुने विश्वास दिलाए । सहयोगीहरुलाई उनले धन्यवादसमेत दिए ।

प्रतिक्रिया