शैलेश्वरी देबीको दर्शन गरेर फर्किएका दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता

शैलेश्वरी देबीको दर्शन गरेर फर्किएका दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ साउन २०७७
  • 4.8K
    Shares

विनयबहादुर सिंह र हरि जोशी

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा डोटीको शिखर गाउँपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।

बेपत्ता हुने स्वास्थ्यकर्मीहरुमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेन्ट) विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए। 

बेपत्ता भएका स्वास्थ्यकर्मीको खोजीकार्यका लागि दिपायलबाट प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया