तुलसीपुर उपमाहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित रङ्गेहात पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई चन्द्रागिरिको नागढुङ्गावाट घुससहित रङ्गेहात पक्राउ गरेको हो ।
घुस रकम लिएको सुराकीको आधारमा अधिकारीलाई बुटवलदेखि ट्र्याक गर्दै अन्तत: नागढुङ्गा नाकामा रोकि खोजतलास गर्दा उनलाई घुस रकम र चेकसहित पक्राउ परेको अख्तियार्श्रोताले जानकारी दिएको छ । दाङबाट बा २ झ ४०९० नम्बरको ब्रेजा गाडी चढेर काठमाडौं आउदै गरेको अवस्थामा पक्राउ गरिएको बताइएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले खानतलासी गर्दा घुसबापत लिएको रकम १ लाख २४ हजार ७ सय ५६ रूपया नगद सहित १४ लाख बराबरको बैंक डिपोजिट रसिद र तीन थान मोवाईल सहित बरामद गरेको छ ।