सवारी चालकसँग घुस लिएको आरोपमा चार प्रहरी निलम्बित

सवारी चालकसँग घुस लिएको आरोपमा चार प्रहरी निलम्बित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ साउन २०७७
  • 4.7K
    Shares

घुस लिंदै प्रहरी

सवारी चालकसँग घुस लिएको आरोपमा बागमती प्रहरी प्रदेश कार्यालयले बुधबार प्रदेशका विभिन्न जिल्लामा कार्यरत चार जना प्रहरीलाई कारबाही गरेको छ।

कारबाही पर्नेमा ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकास जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महताे र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्षमण कुमार महताे छन्।

सवारी चालकसँग घुस खाने चार जना प्रहरीलाई निलम्बन गरिएको बागमती प्रदेश कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए।

उनीरूलाई प्रदेश कार्यालयले सोमबार नियन्त्रणमा लिई छानबिन थालेको थियो। एसएसपी गिरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान गर्न निलम्बन गरिएकाे हो।

उनीहरूमाथि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ।

प्रतिक्रिया