चर्चित कटुवाल प्रकरणमा बिबादित तात्कालिन रथी खड्काको निधन

चर्चित कटुवाल प्रकरणमा बिबादित तात्कालिन रथी खड्काको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ साउन २०७७
  • 6.1K
    Shares

पूर्वरथी कुलबहादुर खड्का

नेपालको इतिहासमा कटुवाल प्रकरणका रुपमा परिचित प्रधान सेनापति नियुक्ति प्रकरणमा बिबादित बनेका नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको आज (मंगलबार) थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६८ वर्षको उमेरमा निधन भएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६६ सालमा तात्कालिन प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई बर्खास्त गरी तात्कालिन अवस्थामा रथी रहेका खड्कालाई प्रधान सेनापति नियुक्त गरेको थियो।  तर तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हस्तक्षेपपछि उनले कार‍्यभार सम्हाल्न पाएका थिएनन् । सोही काण्डमा प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिएका थिए ।

खड्कालाई केही महिना पहिले क्यान्सर निदान भएको थियो । अस्पताल स्रोतका अनुसार स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो । खड्काको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार