चीनले शुरु गर्यो, नेपाल जोड्ने सिगात्से-केरुङ रेलमार्ग बिस्तृत अध्ययन

चीनले शुरु गर्यो, नेपाल जोड्ने सिगात्से-केरुङ रेलमार्ग बिस्तृत अध्ययन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ साउन २०७७
  • 4.9K
    Shares

सिगात्से-केरुङ रेलमार्ग अध्ययन

छिमेकी देश चीनले नेपालको रसुवागडी देखी २२ किलोमिटर उत्तर केरुङ बजार सँग जोड्ने सिगात्से-केरूङ रेलमार्गको विस्तृत अध्ययन थालेको छ ।

चिनियाँ टेलिभिजन सिजिटिएनका पत्रकार सेन सिवेईले पछिल्लो समय चिनियाँ प्राविधिकहरूले उक्त रेलमार्गको अध्ययन गरिरहेका तस्बिर सार्वजनिक गरेका छन् ।

सिगात्सेदेखि केरूङसम्म ४६० किलोमिटर रेलमार्ग बनाउन चीनले यसअघि नै पूर्वसम्भाव्यता अध्ययन गरिसकेको थियो । यसपालि उनीहरूले विस्तृत इन्जिनियरिङ अध्ययन गरेको बताइएको छ ।

गत मंसिरमा नेपाल र चिनियाँ अधिकारीहरूबीच काठमाडौंमा भएको बैठकले साढे २ वर्षभित्र केरूङ-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सक्ने समझदारी गरेको थियो।

चिनियाँ पक्षले गरेको प्रारम्भिक अध्ययनको रिपोर्टमा ७२.२५ किलोमिटरको केरूङ-काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लाग्ने र ९ वर्षमा बनाउन सकिने देखिएको छ।

सिगात्से-केरुङ रेलमार्ग अध्ययन
सिगात्से-केरुङ रेलमार्ग अध्ययन

चिनियाँ राष्ट्रपति सी चिनफिङको गत असोजमा भएको नेपाल भ्रमणका क्रममा पनि केरूङ-काठमाडौं रेलमार्गको अध्ययन गर्ने समझदारी भएको थियो।

उक्त रेलमार्गमा अहिलेसम्म भएको अध्ययनको सबै खर्च चिनियाँ पक्षले व्यहोरेको छ। रेलमार्ग बनाउँदा लगानी कसरी जुटाउने भन्ने विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन।

यो रेल मार्ग बनिसके पछी नेपाललाई चाहिने प्राय सबै समान केरुङ देखी ट्रकमा हालेर काठमाडौं, भरतपुर र पोखरा ल्याउन सकिनेछ । काठमाडौं र पोखराका लागि केरुङ बिरगन्ज-रक्सौल भन्दा निकै नजिक पर्छ ।

प्रतिक्रिया