साउने सङ्क्रान्ति मनाएर काममा फर्कदै गरेका सात मजदुरको शनिबार राती प्युठानमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु

साउने सङ्क्रान्ति मनाएर काममा फर्कदै गरेका सात मजदुरको शनिबार राती प्युठानमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ साउन २०७७
  • 3.3K
    Shares

जिल्ला प्रहरी कार्यालय प्यूठान

साउने सङ्क्रान्ति मनाएर काममा फर्कदै गरेका सात मजदुरको शनिबार राती प्युठानमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु २ त ४२३४ नम्बरको ट्याक्टर शनिबार राति प्यूठानको स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा दुर्घटना हुँदा भिंगृ– स्वर्गद्वारी सडकमा काम गर्ने सात मजदुरको मृत्यु भएको हो।

मृत्यु हुनेहरु रोल्पा रुम्टीगढी गाउँपालिका ५ का ६ जना र रोल्पाकै त्रिवेणी गाउँपालिकाका एकजना चालक हुन् । मृत्यु हुनेहरु रोल्पा रुम्टगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत,वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।  ती मजदुर ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन खटिएका थिए।

प्रहरीका अनुसार, ट्याक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेको छ । दुर्घटनामा रोल्पाकै विशाल थापा हाम फालेर बाँच्न सफल भएका छन् । घटनास्थलमा प्रहरी, स्थानीय, नेपाली सेना आइतबार सबेरै पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार